शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • भोलिदेखी नेपाल बिद्युत प्राधिकरणको लाइन बिस्तार गर्ने सहमती

भोलिदेखी नेपाल बिद्युत प्राधिकरणको लाइन बिस्तार गर्ने सहमती

  • बिहिबार, माघ ६, २०७८
भोलिदेखी नेपाल बिद्युत प्राधिकरणको लाइन बिस्तार गर्ने सहमती

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा ३ दिन देखी नागरिक समाजले गरेको आन्दोलन पश्चात भोली देखी नेपाल बिद्युत प्राधिकणको लाईन बिस्तार गर्ने सर्बपक्षिय निणर्य भएको छ । सदरमुकामा लगायतका क्षेत्रमा बिद्युत आपुर्ती गर्न बिद्युत प्राधिकण तयार भई सो निणर्य गरिएको हो ।
विद्युत लाइन विस्तारको माग सहीत नागरिक समाजले ३ दिन सम्म लगातार आन्दोलन गर्दा बिद्युत आपुर्ती गर्न सर्ब पक्षिय बैठकले प्राधिकरणको लाईन बिस्तारमा सहयोग गर्ने जनाएको छ । नागरिक समाजले गरेको आन्दोलनको तिन दिनपछि केही दिनका लागि स्थगित गरिएको आन्दोलन संघर्स समितिले जनाएको छ । तिन दिनदेखी सदरमुकाम मार्तडीमा गरिएको आन्दोलनले सार्थकता पाउने सर्बपक्षिय निणर्यलाई मध्यनजर गरि स्थिगित गरिएको जनाएको छ ।

No description available.

आन्दोलन रत पक्ष नागरिक समाज र सर्बपक्षिय सहमती पछि नेपाल विद्युत प्राधिकरणको बाजुरा स्थित बितरण केन्द र त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडमा लगाएको ताला तिन दिन पछि खोलीएको छ । ३ दिन सम्म्म कार्यालयमा गरिएको ताला बन्दी आन्दोलनरत पक्षसंगको सहमती पश्चात खोलिएको आन्दोलन संघंर्स समितिका सदस्य सुरेन्द्र नाथले बताएका छन । कार्यालयमा नागरिक समाजले नियमित बिद्युतको माग गर्दै तालाबन्दी गरेको थिए ।

No description available.
प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाली काग्रेस बाजुराका सभापती रामसिं रावल, नेकपा एमालेका सचिव भरत थापा, नेकपा समाजबादीका केन्द्रीय सदस्य गगन रावल, नेकपा माओबादी केन्द्रका नेता गोरख शार्की, उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकाया लगायत आन्दोलनरत पक्षको सर्बपक्षिय सर्बदलिय बैठकको निणर्य पश्चात दुबै कार्यालयमा लगाएको ताला समेत खोलीएको बिद्यार्थी नेता खेम साउँदले बताएका छन । ।

आन्दोलन रत पक्षले आज दिनभर सदरमुकाम मार्तडीमा रहेको बजार बन्द समेत गरेको थियो । केही दिनमा समस्या समाधान हुन नसके पुन आन्दोलन गर्ने नागरिक समाजले जनाएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार