शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • नागरिक समाज बाजुराद्धारा विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी (भिडीयाे सहित)

नागरिक समाज बाजुराद्धारा विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी (भिडीयाे सहित)

केन्द्रीय प्रसारण लाइन जडान नभएसम्म ताला नखोल्ने चेतावनी

  • मङ्लबार, माघ ४, २०७८
नागरिक समाज बाजुराद्धारा विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी (भिडीयाे सहित)

बाजुरा — विद्युत लाइन विस्तारको माग सहीत नेपाल विद्युत प्राधिकरणको बाजुरा स्थित बितरण केन्द्रको कार्यालयमा ताला बन्दी गरिएको छ । कार्यालयमा नागरिक समाजले नियमित बिद्युतको माग गर्दै तालाबन्दी गरेको हो ।

प्राधिकरणको कार्यालयमा तालाबन्दी लगत्तै युवा नागरिक समाजले विजुली बत्तिको माग सहीत बजारमा नारा जुलुस प्रर्दशन गरेका थिए । भने त्रिवेणी साना जलविद्युत कार्यालयमा पुगेर धर्ना समेत दिएका थिए । माग बारे कुनै सुनुवाई नहुदा त्रिबेणी बचत तथा रिण सहकारी संस्थाद्धारा संचालित बाजुरा साना बिद्युत केन्द्रको कार्यालयमा समेत तालाबन्दी गरेको नागरिक समाजका सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन ।
बिद्युत प्राधिकरण र बाजुरा साना जलबिद्युत केन्द्रका कार्यालयमामा लगाएको ताला ठोस निणर्य नआएसम्म र केन्द्रीय प्रशारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म नखोल्ने अडानमा नागरिक समाजका अगुवाहरु देखीएका छन । केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको नागरिक समाजले बिद्युत नियमीत सम्बन्धी प्रशासन र बिद्युत प्राधिकरणको ध्यान नगएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

No description available.
कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नदेखाए सम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा गोपाल कार्कीले बताए ।
सदरमुकाम मार्तडीमा दैनिक १० घण्टा लोडसेडिङको मारमा नागरिक रहेको भन्दै नागरिक समाजकै अगुवाईमा चरण्बद्ध आन्दोलन गर्ने र ठोस निणर्य नआएसम्म आन्दोलन जारी रहने नागरिक अगुवा बुद्धिसिं बोगटी भोटेले बताए विद्युतको गुणस्तर सुधार गर्न त्रिवेणी साना जलविद्यतु केन्द्रको सामथ्र्य नभएको र प्राधिकरणले आफ्नो स्वामित्वमा लिएर वा विद्युत सापटी दिएर सेवामा गुणस्तरको ग्यारेन्टी र प्राधिकरणको विजुली मार्तडीमा बिजुली जलाउने ग्यारेन्टी नभएसम्म तालाबन्द जारी राख्ने र चुनौति मोल्न तयार रहने गरी आन्दोलन सुरु गरिएको नागरिक समाजले जनाएको छ ।

No description available.

सिंगो देश उज्यालोमय बनिरहेको बेला बाजुरा जिल्ला सदरमुकाम मार्तडी दिन प्रतिदिन अँध्यरो तर्फ धकेलिदै गएको विरोधमा युवा विद्यार्थीले नागरिक समाज राजनैतिक दलहरुको सक्रियतामा तालाबन्दी गरेको बताएका छन् ।

मार्तडीको विद्युत नियमित र गुणस्तरीय बनाउन निणर्ायक आन्दोलनका रुपमा कार्यालयमा तालाबन्दी गरिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् । युवा विद्यार्थीले महशुल लिने सुविधा नदिने नियत विरुद्धको आन्दोलन हो, सेटिङमा चलेको विद्युतको स्वामित्व प्राधिकरणले लिनु पर्ने माग सहित आन्दोलनको सूरवाती गरीएको जनाएको छ ।
प्राधिकरणको कार्यालय स्थापना गरिएको, लाइन विस्तार गरिएको, विस्तारित लाइनको परिक्षण समेत सफल भएको डेढ वर्ष बितिसक्दा पनि विद्युत जडानको ठोस योजना र प्रक्रिया थालनी नगरिएको आरोप नागरिक अगुवाहरुकोे छ ।

No description available.

आफ्नै कार्यालयमा समेत विद्युत नहुँदा समेत लाइन विस्तारमा मौन देखिनु, कर्मचारीको लापरवाही नै प्रमुख कारण देखिएकोले बाध्य भएर निणर्ायक आन्दोलनका लागि तालाबन्दी गरिएको हो । लाइन विस्तार गर्ने, कार्यालय स्थापना हुने तर विद्युत जडान कार्य र सेवा प्रवाहमा ढिलाई हुनु दुखत विषय भएकोले नेपाल विद्युत प्राविधिकरण र त्रिवेणी साना जलविद्युत केन्द्रको सम्झौतामा चलिरहेको विद्युतको स्वामित्व पुनः विद्युत प्राधिकरणको जिम्मा लिएर सेवा दिने विश्वासीलो आधार नआए सम्म तालाबन्दी खोल्ने पक्षमा आफूहरु नरहेको नागरिक समाजले जनाएको छ । प्रहरी प्रशासनले दबाब दिन खोजे जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार हुने नागरिक समाजको भनाई रहको छ ।

चर्चामा

सम्बन्धित समाचार