शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • काठमाण्डौंमा २८ प्रहरी र १० थुनुवालाई कोरोना संक्रमण

काठमाण्डौंमा २८ प्रहरी र १० थुनुवालाई कोरोना संक्रमण

  • सोमवार, माघ ३, २०७८
काठमाण्डौंमा २८ प्रहरी र १० थुनुवालाई कोरोना संक्रमण

काठमाडौं — काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन्। उनीहरुलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको छ।

काठमाडौं प्रहरी मातहत राजधानीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा १४ वटा प्रहरी वृत्त र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्व ९ वटा प्रभाग छन्। सई र हवल्दारको नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा युनिट राजधानीमा छन्।

प्रहरी प्रधान कार्यालय, नक्सालका प्रवक्ता विष्णुकुमार केसीका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार