शनिबार, बैशाख ८, २०८१

गजल!

  • बुधबार, पुस २८, २०७८
गजल!

जब अवसरबादलाई सरकारमा जान हतार हुनेगर्छ,
त्यो अतिरञ्जित नारामा सुसज्जित हुनेहार हुनेगर्छ।

कार्यक्रता लाई के भन्ने नेताको नीयतिनै खराब भए,
क्रान्तिकारी आन्दोलनभित्र यस्तो बारमबार हुनेगर्छ।

क्रान्तिको लगाम जबसम छोप्दैन आधारभूत बर्गले,
त्योबेला सम्म क्रन्ति अवसरबादको सिकार हुनेगर्छ।

सर्वहारा सुकुमबासी, गरिव श्रमजीवीहरू डराएरहो,
हार्नको लागी नारकिय जिवन जित्न संसार हुनेगर्छ।

क्रान्तिकारी आन्दोलनमै आस्था राख्नेले बुझ्ने कुरा,
जनवादी केन्द्रियताले मात्र शंघर्षमा निखार हुनेगर्छ।

जतिसुकै हामी आपसमा लडेता पनि यथार्थमा मित्र,
बर्गशंघर्षमा आस्थाभए आफ्नै बर्गसंग प्यार हुनेगर्छ।

देश रहे क्रान्ति पनि हुन्छ न उफ्रिम दुष्टको ईसारा मा,
हाम्रो फुटले देश टुक्राउने दुश्मनलाई आधार हुनेगर्छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार