शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा बस दुर्घटना, ९ जना घाइते

दाङमा बस दुर्घटना, ९ जना घाइते

  • सोमवार, पुस २६, २०७८
दाङमा बस दुर्घटना, ९ जना घाइते

दाङ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो।

दुर्घटनामा नौ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

बस दुर्घटनाको कारण खुलेको छैन। तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

चर्चामा

सम्बन्धित समाचार