शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

  • सोमवार, पुस २६, २०७८
साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । ’

कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ ।

नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार