मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • निमोनिया र श्वासप्रश्वासका बिरामी बढे

निमोनिया र श्वासप्रश्वासका बिरामी बढे

  • शनिबार, पुस २४, २०७८
निमोनिया र श्वासप्रश्वासका बिरामी बढे

बैतडी — चिसोसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीहरू पनि बढेका छन्। जिल्ला अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढेका हुन्।

अस्पतालमा बढी जसो बालबालिकाहरुमा निमोनियाको समस्या देखिने र वृद्धवृद्धाहरुमा दमको समस्या देखिने गरेको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए। पुस महिना शुरु भएयता जिल्ला अस्पतलामा दैनिक ४० देखि ५० जनाको संख्यामा बिरामी आउने गरेको र तीमध्ये श्वासप्रश्वासका बिरामी बढी हुने गरेको उनले बताए।

बालबालिकाहरुलाई चिसोबाट जोगाउन नसक्दा निमोनिया हुने गरेको जोशीको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार