बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बैकुण्ठ रैछ देउडा गित सार्वजनिक (भिडियो सहित)

बाजुरा बैकुण्ठ रैछ देउडा गित सार्वजनिक (भिडियो सहित)

  • शनिबार, पुस २४, २०७८
बाजुरा बैकुण्ठ रैछ देउडा गित सार्वजनिक (भिडियो सहित)

बाजुरा — ऐतिहासिक देउडा गीत बाजुुरा बैकुण्ठ रैछ भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता लोप उन्मुख संकृतिहरु गीतमा समेटिएका छन ।
शुदुरपश्चिमका प्रख्यात साहित्यकार राजेन्द्र शाह वि.पी.र कोकिलकण्ठी आवाजका धनी प्रकाश थापाको संयुक्त शब्द संगीत सृजनामा सृङ्गारिएको सो गितमा अहिले सम्मकै मौलिक पहिचानका संकृतिहरु समेटिएका छन । जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ ।

प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीको सो गीतमा आवाज भरिएको छ । स्टुडियो मालश्री रेकर्डिङ्गमा रेकर्ड भएको सो गीतमा म्युजिक एरेञ्ज नेपालका बहुचर्चित एरेञ्जर बिनोद बाजुरेलीले गर्नु भएको छ भने गीतको मास्टरिङ्ग खडक बाजुरेलीले गर्नु भएको छ । गायक तथा रेकर्डिस राजेन्द्र बाजुरेलीले मेहनत लगाएर रेकर्ड टेक लिइएको थियो ।

गीतमा साहित्यकार राजेनद्र शाह बि.पी. स्वयमले पहिलो पटक निर्देशन गर्नु भएको छ । डि.वी रौलेले क्यामेरा छायाङ्कन र अनुप चन्दले ड्रोनबाट बाजुराको अलौकि दृष्य कैद गरेको सो गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेको छ ।
कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन ।

जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अपmिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले धेरै गीतहरुको सृजना गरियो तर आफ्नो जीवनमा निकै नै संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी ब्यक्त गर्दै गीतको निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार