शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ

  • बिहिबार, पुस २२, २०७८
मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१४ का २३ वर्षीय आशिष यादव, वीरगञ्ज-१५ बस्ने २० वर्षीय अवधेश महतो, २१ वर्षीय सुवाष महतो र बारा कोल्हबी नगरपालिका–९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् ।

यादवलाई वीरगञ्ज महानगरपालिका–८ पानीट्याङ्कीस्थित सडक छेउमा पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने क्रममा प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । भारत बिहार पूर्वीचम्पारण मोतिहारी रक्सौल ग्राम पञ्चायत परेउवा–१ बस्ने सोनु बाबु गुप्ताको बिआर२२बि ०३८७ नम्बरको हिरो होण्डा मोटरसाइकल चोर्ने क्रममा उनी रङ्गेहात पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

खनालका अनुसार यसअघि मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीनजनालाई मंगलबार नै पक्राउ गरेको थियो ।

पक्राउ परेका यादवविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने अरू तीन जनाविरुद्ध सोही मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार