• होमपेज
  • समाचार
  • बसको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

  • मङ्लबार, पुस २०, २०७८
बसको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

काठमाडौं — काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान ५ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको हो ।

दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् ।

बाग्मती प्रदेश ०२-०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट-गौशाला सडकखण्डको पिंगलास्थानमा सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार