बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

  • मङ्लबार, पुस २०, २०७८
भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहार

काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो । सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।

रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो ।

‘म बोलेरो चढेर फर्किंदै थिएँ । तीन जना व्यक्ति ओभरटेक गरेर म चढेको गाडी रोके र गाली गर्दै हत्या गर्ने धम्की दिए,’ उनले बीबीसी हिन्दीसँग भनेकी छन्, ‘उनीहरुले मेरो गाडी चालकको कन्चटमा पेस्तोल राखेका थिए । मैले एक जनालाई गालामा हिर्काएँ, त्यसपछि उनीहरुले ममाथि गोली चलाएर भागे ।’ गोली हान्नेहरूलाई नचिनेको उनले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार