बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने

अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने

  • मङ्लबार, पुस २०, २०७८
अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने

भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।

चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार