शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बुवा बिदेशमा बेपत्ता आमाले अर्को बिहे गरेपछि तिन भाइबहिनी अलपत्र

बुवा बिदेशमा बेपत्ता आमाले अर्को बिहे गरेपछि तिन भाइबहिनी अलपत्र

  • सोमवार, पुस १९, २०७८
बुवा बिदेशमा बेपत्ता आमाले अर्को बिहे गरेपछि तिन भाइबहिनी अलपत्र
बुवा बेपत्ता र आमाले अकोए बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी बुढा बाजे बज्यैको साहारामा रहेका छन् ।

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका ७ शेरकाटियामा तिन भाइबहिनी अलपत्र परेका छन् । बुवा बेपत्ता र आमाले अकोए बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी अलपत्र परेको स्थानियले वताएका छन् ।
अलपत्र हुनेमा ९ बर्षको तपेन्द्र विक, ५ बर्षको राजेश विक र ३ बर्षकी जेनिशा विक रहेका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष देखी बेखबर रहेका छन् । बिदेश गएको तिन महिना सम्म त सम्पर्कमा थिए, त्यसपछि कुने पत्तो नभएको परिवारले वताएका छन् । आमा कल्पना बिकले गत भदौ महिनामा अर्को बिहे गरेर गएपछि तिन भाइबहिनी बेसाहारा बनेको स्थानिय रङ्गमल विकले वताएका छन् ।
आमा र बुवा नभएपछि बुढा बाजे बज्यैको साहारामा रहेका छन् । ७५ बर्षिय मने लुवार र ७० बर्षिय चिउरी विक सँग रहेका छन् । बाजे बज्यै बुढा भएकाले तिन भाइबहिनीको पालनपोषणमा समस्या भएको छ । आफुहरुको बृद्धभत्ताले पाल्ने गरेका छौ, आफ्नो पेट पाल्नेकि तिनिहरुलाइ पाल्ने निकै समस्या भएको मने लुवारले वताएका छन् ।
तपेन्द्र स्थानिय बिद्यालयमा कक्षा ३ मा र राजेश पुर्व वालकक्षामा पढने गरेका छन् । पाल्न त धौ धौ भएको छ, उनिहरुलाई कापि कलम ड्रेस किन्न समस्या भएको बज्यै चिउरी विकले वताएकि छन् । छोरा धन कमाउन बिदेश गएको हो, तर अहिले सम्पर्कमा छैन्, बुहारी अर्को बिहे गरेर गएपछि सबै परिवार अलपत्र परेको वताएका छन् । बेपत्ता छोराका लागि बिदेशमा खोजीका लागि सहयोग गर्ने सरकारलाइ आग्रह गरेको भएपनि अहिले सम्म अत्तोपत्तो नभएको वताईन् ।
तिनिहरुको परिवार हलिया परिवार हो, सानो छाप्रो भन्दा बाहेक एक आनापनि जग्गा जमिन छैन् । साहुको हलो जोतेर परिवार पाल्ने गरेका थिए । घरमा साहुको हलो जोत्ने कोही नभएपछि थप समस्यामा परेको हो । गाउँमा मागेर पाल्नु परेको बाजेले वताएका छन् । मने लुवार क वर्गको अतिगरिब परिवार भित्र पर्ने गरेका छन् । चिसोको मौसम छ, तातो लुगा किन्ने पैसा नहुदा एकसरो फाटो लुगा लगाएर चिसो छल्ने गरेका छन् । नयाँ लुगा त कहाँ बाट पाउनु अरुले दिएको फाटो लुगा लगाइरहेको ९ बर्षका तपेन्द्र बिकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार