शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

  • सोमवार, पुस १९, २०७८
गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १७१ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ महिला र ११ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की १६, स्याङजा १ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ४३३ पुगेको छ ।

गण्डकी प्रदेशमा थप १ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी नगरपालिका–७ की ७१ बर्षिय कोरोनासंक्रमित महिला रहेकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२७ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९०५ पुगेको छ भने होम आइसोलेसनमा १२३ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १३९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार