शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ

४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ

  • आइतवार, पुस १८, २०७८
४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ

यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् ।

पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निकै छोटो हुन्छ । एउटा देश त यस्तो पनि छ जहाँ कहिल्यै पनि रात पर्दैन । रात हुँदा पनि केवल नाम मात्रैको हुन्छ । निकै कम समयका लागि मात्र सूर्य अस्ताउने हुनाले निकै छोटो रात हुन्छ ।

हो, नर्वेलाई मध्यरातमा सूर्य उदाउने देश पनि भनिन्छ । युरोपको उत्तरी क्षेत्रमा पर्ने नर्वे उत्तरी ध्रुुवको सबैभन्दा नजिकमा पर्ने हुनाले निकै चिसो पनि छ ।

हिउँका पहाड र हिमनदीहरूले भरिएको नर्वेलाई कहिल्यै रात नपर्ने देश पनि भनिन्छ । नर्वेका कतिपय ठाउँमा त केवल ४० मिनेटका लागि मात्रै रात पर्दछ र अन्य समय निरन्तर सूर्यको प्रकाश रहिरहन्छ । केवल ४० मिनेटको रात हुने नर्वेजियन सहर ह्यामरफेस्ट हो ।

त्यहाँ वर्षका साढे २ महीनासम्म रातको १२ बजेर ४३ मिनेटमा सूर्य अस्ताउने र त्यसको ४० मिनेटपछि पुनः सूर्य उदाउने गर्दछ । मे देखि जुलाई सम्मको ७६ दिनको अवधिमा त त्यहाँ सूर्य नै अस्ताउँदैन भन्दा हुन्छ ।

नर्वेको अर्को ठाउँ स्भाल्बार्ड सहर युरोपको सबैभन्दा उत्तरी क्षेत्रमा रहेको बस्ती हो । यो क्षेत्रमा अपि्रल १९ देखि अगष्ट २३ सम्म वास्तवमा सूर्यास्त नै हुँदैन ।

ध्रुवीय क्षेत्रमा वर्षको ६ महीनासम्म निरन्तर रुपमा सूर्य देखिन्छ । उत्तरी ध्रुवमा मार्चको उत्तरार्धदेखि सेप्टेम्बरको उत्तरार्धसम्म मध्यरातमा सूर्य देखिन्छ ।

सुमेरु वृत्तमा पर्ने नर्वेमा जाडो याममा भने त्यसको उल्टो हुन्छ र कैयन् दिनसम्म सूर्य नै उदाउँदैन । जसलाई ध्रुवीय रात अर्थात् पोलार नाइट भनिन्छ । त्यसबेला सूर्य दिनभर नै क्षितिजमुनि रहन्छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार