शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए

विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए

  • आइतवार, पुस १८, २०७८
विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए

काठमाडौँ — विश्वभर एक दिनमा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ लाख ७६ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

फ्रान्समा २ लाख १९ हजार, बेलायतमा एक लाख ६२ हजार, अमेरिकामा १ लाख ६१ हजार, इटली एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

यही अवधिमा ४ लाख २२ हजार जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८१७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ८४७, पोल्याढडमा ५०५, अमेरिकामा २५७, बेलायतमा १५४, टर्कीमा १४५, मेक्सीकोमा १४३, इटलीमा १११ र फ्रान्समा ११ जना रहेका छन् ।

कोरोनामुक्त हुनेको संख्या बेलायतमा ५० हजार, फ्रान्समा ४३ हजार, जर्मनीमा ३५ हजार, रुसमा ३३ हजार, टर्कीमा २३ हजार र इटलीमा २० हजारभन्दा बढी छन् ।

यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ९६ लाख, ५३ हजार नाघेको छ । तीमध्ये २५ करोड ४१ लाख ११ हजारभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ५६ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार