शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ बिमानस्थलमा फेरी १२ लाख छुट्टाइयो:अहिले सम्म राम्रो धेरबार नबनेको स्थानियको गुनासो

बझाङ बिमानस्थलमा फेरी १२ लाख छुट्टाइयो:अहिले सम्म राम्रो धेरबार नबनेको स्थानियको गुनासो

  • मङ्लबार, पुस १३, २०७८
बझाङ बिमानस्थलमा फेरी १२ लाख छुट्टाइयो:अहिले सम्म राम्रो धेरबार नबनेको स्थानियको गुनासो

अर्थ जङ्ग शाही/बझाङ —संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेद्वारा सुदूरपश्चिमका विमानस्थल स्तरोन्नतिका १ अर्ब भन्दा बढी बजेट विनियोजन भएका बेला बझाङ जिल्लालाई भने १२ लाख ९९ हजार रुपैयाँ मात्रै छुट्टाइएको छ । मन्त्री प्रेमबहादुर आलेमार्फत बजेट विनियोजन गरेको हो ।

जयपृथ्वी नगरपालिकावडा नं, ९ देवलमा रहेको विमानस्थलमा लगाइएको तारबार काटेर स्थानिय बासिन्दा र पशु चौपायाहरु रनवेमा नै हिँडडुल गर्न थालेपछि जोखिम बढेको विमानस्थलका कर्मचारी तथा विमान सेवा प्रदायकहरुले बताएका छन् । विमानस्थल बन्द भएको बेला आफ्नो खेतबारीमा जानको लागि यहाँका स्थानीयले ठाउँठाउँमा तारबार काटेर बाटो बनाएको र सो बाटो अहिले पनि प्रयोग गर्दै आएकोले दुर्घटनाको जोखिम बढ्ने देखिएको छ।

मन्त्री आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि एक अर्ब बजेट विनियोजन गरेको हो । मन्त्री आलेको विशेष पहलमा विमानस्थल स्तरोन्नतिको काम अगाडि बढाउन बजेट विनियोजन गरिएको प्राधिकरण स्रोतले जनाएको छ । आलेले धनगढी विमानस्थलको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएकाे छ ।

केही दिनअघि मात्र धनगढीमा पर्यटन बोर्डको प्रदेश कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री आलेले धनगढी विमानस्थलको धावन मार्ग दुई हजार पाँच सय मिटर पुर्याउने लक्ष्य रहेको बताउनुभएकाे थियाे। उहाँले यतिसम्म धावनमार्ग विस्तार गर्न सकिएमा धनगढी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सक्ने बताउनुभएकाे थियाे ।

अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरा समेतमा विमानस्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

बझाङको देवल बिमानस्थलमा हवाईजहाज आउनु भन्दा अगाडि मात्र मान्छेहरुले बिमानस्थलमा ओहोर दोहोर नगरेपनि,अरु बेला डोको,नाम्लो,र परालको कुटिल्लो बोकेर बिमानस्थल भित्रै बाट धेरबार नाँगेर यता उता गरेको देख्न सकिन्छ।

विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीको लापरबाहीका कारण पनि हवाई सुरक्षा जोखिम बढ्न थालेको विमान सेवा प्रदायकहरुको गुनासो छ । उच्च सुरक्षा सर्तकता हुनुपर्ने ठाउँमा सुरक्षाकर्मीहरुको लापरबाहीले गर्दा जोखिमपूर्ण तरिकाले उडान भर्नु परिरहेको उनीहरुको भनाई छ । ‘सुरक्षाकर्मीहरुको लापरबाहीले गर्दा पनि जोखिम बढेको छ ।’ समिट एयरका कर्मचारी हिक्मत सिंहले भने, ‘कुनै दिन त जहाज उड्ने बेलासम्म पनि प्रहरी एयरर्पाेटमा आइदिँदैनन् । यात्रुको लगेज सुरक्षा जाँच नै नगरिकन पनि विमान उडाएका छौं ।’ उनले थुप्रै पटक विमान उडान अवतरण भइरहेको बेलामा रनवेमा कुकुर बिरालाहरु प्रवेश गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार