बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्युत समस्याको बिषयमा प्राधिकरण प्रमुख र प्रतिनीधी सभा सदस्य थापाबिच छलफल

बिद्युत समस्याको बिषयमा प्राधिकरण प्रमुख र प्रतिनीधी सभा सदस्य थापाबिच छलफल

  • शनिबार, पुस १०, २०७८
बिद्युत समस्याको बिषयमा प्राधिकरण प्रमुख र प्रतिनीधी सभा सदस्य थापाबिच छलफल

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीको बिद्युत अनियमितताका बिषयमा नेपाल बिद्युत प्राधिकरणकाका सुदुरपश्चिम प्रदेशका निर्देशक जंग बहादुर चन्द र प्रतिनिधी सभा सदस्य लाल बहादुर थापाबिच छलफल भएको छ ।
बाजुरा जिल्लाको विधुत्त समस्या समाधानको लागि नेपाल विधुत्त प्राधिकरण सुदुर पश्चिम निर्देशकको टिम संग छलफल गर्दै बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले क्यबिनेटमा हुने नितिगत कुराका लागि आफुले प्राधिकरणलाई सघाउने बताएका छन । जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रशारणको लाइन बिस्तार गरी बिद्युत सेवा संचालन गर्न सांसद थापाले सुझाव दिएका छन ।
यता प्राधिकरणका निर्देशक चन्दले लाइन बिस्तारको ठेक्का प्रक्रियमा गइ काम भईरहेको र मार्तडीको उखाडीमा बन्न लागेको सब स्टेशनको काम चाडैँ गराउने बताएका छन । हाल प्राधिकरणमा टान्समिटर र इनर्जी मिटरको अभाव भइरेकोले सोको टेन्टर गरी समस्या समाधान गर्ने  प्राधिकरण प्रमुखले प्रतिबद्धता गरेको पत्रकार मदन जोशीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार