शनिबार, बैशाख ८, २०८१

गजल!

  • शनिबार, पुस १०, २०७८
गजल!

संघियता देशको लागि ठुलो भार भएको देख्छु,
यसैलेगर्दा पनि नोक्सान लगातार भएको देख्छु।

किन सदबुद्धि पलाएन यिनै नेता भनौदाहरूको,
संघियता मैले देश भाड्ने औजार भएको देख्छु।

जुन आए पनि किन साम्राज्यवादकै नत मस्तक,
बिदेशीकै हातमा खेलौना सरकार भएको देख्छु।

जनताले प्राणको बलिदिएर ल्याय बहुदल यहाँ,
तर धेरै नेताको नव लैन्डुपे बिचार भएको देख्छु।

दुष्टहरू पटक पटक आउँछन मिठो बिष लिएर,
कमिसनभित्र राजनीतिको ब्यपार भएको देख्छु।

देश र जनताको हितमा हुंदै हुँदैन काम कार्वाही,
मात्र त्यो कुर्चिको लागि हार गुहार भएको देख्छु।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार