शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको हिमाली गाउँपालिकामा भालु खोरमा पसेर २५ बाख्रा मार्यो

बाजुराको हिमाली गाउँपालिकामा भालु खोरमा पसेर २५ बाख्रा मार्यो

  • बिहिबार, पुस ८, २०७८
बाजुराको हिमाली गाउँपालिकामा भालु खोरमा पसेर २५ बाख्रा मार्यो
फाइल तस्बिर

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न २ कोटीगाउँमा खोरमा भालु पसेर २५ बाख्रा मारेका छ । सुक्रबार राती खोरमा भालु पसेर दुई परिवारका २५ बाख्रा मारेको स्थानीय शिक्षक गणेश पाण्डेले जानकारी दिएका छन ।
भालुले हिमाली गाउँपालिका वडा २ कोटीगाउँका उर्म बोहरा र जर्मा बोहराका गोठमा राती भालु पसेर सबै बाख्रा मारिदिएको शिक्षक पाण्डेले बडिमालिका खवरलाई जानकारी दिएका छन । बाख्रा मारेको पनि बिहान थाहा पाएको र सम्बन्धीत ब्यक्ती प्रहरीलाई खवर गर्न कवडी प्रहरी चौकीमा गएका उनले बताए ।

यसरी नै भालुको आक्रमण भई रहने हो भने मानिसलाई समेत आक्रमण गर्न सक्ने भन्दै स्थानियहरु त्रसित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार