मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • सर : राजनिति पछि गर्नुहोला, एकचोटि तपाइ पढाउने बिद्यालयको अबस्था हेर्ने की ?

सर : राजनिति पछि गर्नुहोला, एकचोटि तपाइ पढाउने बिद्यालयको अबस्था हेर्ने की ?

शिक्षक नेता भएको बिद्यालय जनप्रकाशको दुराअबस्था

  • बुधबार, पुस ७, २०७८
सर : राजनिति पछि गर्नुहोला, एकचोटि तपाइ पढाउने बिद्यालयको अबस्था हेर्ने की ?

लक्ष्मीराज पाध्याय — नेता शिक्षकले अध्यापन गराउँदै आएको विद्यालयको नतिजा नराम्रो मात्र होइन, लाजमर्दो पाइएको छ । पेसागत शिक्षक संघ संगठनका अध्यक्ष लगायत जिम्मेवार पदमा रहेर काम गरिरहेका नेता शिक्षकले अध्यापन गराईरेको जिल्लाको कोल्टी क्षेत्रकै नामी बिद्यालय जनप्रकाश उच्च माध्यामिक विद्यालयको नतिजा निकै खस्किएको पाइएको छ ।
यो नतिजाको परिणामले नेता शिक्षकहरु अध्यापनमा तल्लिन भए या राजनीतिमा भन्ने प्रश्न उब्जाएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारी पेशागत महासंघका केन्द्रीय सदस्य देखी पार्टीको महाधिबेशन प्रतिनिधी रहेका शिक्षकहरुले जनप्रकाश उमाबिमा राज गरिरहेका छन । तर त्यहाँको शैक्षिक अबस्था हेर्ने हो भने लाज मर्दो नै देखिन्छ । जिल्लाको उत्कृष्ट ३ नम्मरमा रहेको जनप्रकाश उच्च माबिको नतिजा नराम्रो मात्रै होइन भौतिक संरचनाले पनि जिणर् बन्दै गएको बुढिनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताएका छन ।
नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी अनोज राज गिरी प्रधानाध्यापक, नेपाल शिक्षक संगठनका बाजुरा जिल्लाका अध्यक्ष जयलाल कार्की, शिक्षक संगठनका जिल्ला सचिव धिर बहादुर दानी, पेशागत महासघंका केन्द्रिय सदस्य रबिन्द्र शाही, शिक्षक महासंघ बाजुराका उपाअध्यक्ष हसंराज रेग्मी, हिस्टोन जिल्ला कमिटि सदस्य नवराज देवकोटा, पालिका अध्यक्ष गौरीलाल जोशी लगायत ८ जना शिक्षकहरुका नेता छन् । शिक्षक नेता त भए तर बिद्यालयको अबस्थालाई अवलोकन गर्ने हो भने ति शिक्षकहरुको आचरणलाई गिज्याईरहेको देखीन्छ ।
८ जना शिक्षक नेता एकै स्कुलमा रहेका भए पनि बिद्यालयको अबस्थाबारे कहिल्यै चिन्तीत नबनेको बुढिनन्दा नगरपालिका शिक्षा शाखा प्रमुख प्रेमराज रेग्मीले बताए । हाल प्रधानाध्यापक अनोज गिरी मंसिर महिनामा जम्मै ६ दिन हाजिर छन पटक पटक बिद्यालय सुधारका लागि प्रअलाई ताकेता दिएको भए पनि नगरपालिकाले भनेको वास्ता गर्दैनन शिक्षा शाखा प्रमुख रेग्मीले भने । बुढिनन्दा नगरपालिकाले पनि पटक पटक सो बिद्यालयको बारेमा चासो लिएको भए पनि प्रधानाध्यापकको बेवास्ताका कारण बिद्यालयको शैक्षिक अबस्था खस्कीदै गएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले बताए ।
जनप्रकाश माबिका बिद्यार्थीहरु अहिले पनि खुला चौरमा अध्यायन गर्न बाध्य रहेका छन । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नामी स्कुल र शिक्षक नेताहरुको राजनिति गर्ने थलो बन्नु बाहेक सो बिद्यालयको प्रगती नभएको त्यहाका अभिभावकहरुले बताउने गरेका छन । स्कुलको यो अबस्थाले जिल्लाको शैक्षिक अबस्थालाई चिनाउन सक्छ । जिल्लाको टप ३ मा पर्ने स्कुलका बिद्याथीहरु शौच गर्न जैतुन बारीमा चाहार्ने गरेका छन भने बस्ने कक्षाकोठा र डेस्क बेन्च समेतको अभावले ति शिक्षक नेताहरुको हर्कतलाई समाजले जिस्काईरहेको देखीन्छ ।
बिद्यालयको छेउमै रहेको जैतुनबारीमा बिद्याहरुले दिसापिसाव गर्ने गरेका छन सो दिसा र पिसावको गन्दले छेउछाउको बाटो हिड्नेहरु छि छि र दुर दुरको अबस्थामा हिड्नु परेको छ । बिद्यालयको वातावरण नै प्रदुषण भएकोले बिद्यार्थीहरुको पढाईमा समेत नकरात्मक असर परेको स्थानीयहरु बताउछन । शिक्षकले संघ संगठनमा बस्नु भनेको शिक्षकका सवाल मात्र नभइ बिद्यालयका हक अधिकारी बारेमा बोल्नु हो । तर राजनितिमा सक्रिय हुने शिक्षक भने बिद्यालयप्रति व्यवास्ता भएको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार