शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • २५९८ निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

२५९८ निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

  • बुधबार, पुस ७, २०७८
२५९८ निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

काठमाडौं — शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ ।

२ हजार ५९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ ।

प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

 

चर्चामा

सम्बन्धित समाचार