शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थी मृत भेटिए

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थी मृत भेटिए

  • मङ्लबार, पुस ६, २०७८
काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थी मृत भेटिए

काठमाडौं — बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले  बताए ।

उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउँछौं’ उनले  भने ।

शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए ।

चर्चामा

सम्बन्धित समाचार