
तेगुसिगला — होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छिन्। यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकी जनाएको हो। होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो।
यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो। तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ। सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ। उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१।१२ मत प्राप्त गरेकी थिइन्। उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन्। उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनेछिन्। -सिन्ह्वा


