शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसमा उदाएका सह महामन्त्री बद्रीप्रसाद पाण्डे

कांग्रेसमा उदाएका सह महामन्त्री बद्रीप्रसाद पाण्डे

  • शनिबार, पुस ३, २०७८
कांग्रेसमा उदाएका सह महामन्त्री बद्रीप्रसाद पाण्डे

बाजुरा — नेपाली काँग्रेसको १४ औं महाधिबेन बाट सहमहामन्त्रि पदमा युवा नेता बद्रि प्रशाद पाण्डे विजयी भए । बाजुराको हिमाली गाउँपालिका ४ फैतिमा २०३० साल फागुन १० गते जन्मेका पाण्डे कांग्रेसको मुल राजनितमा छलाङ्ग मारेका छन् । पाण्डे अब कांग्रेसको निर्णायक तहमा पुगेका छन् । सभापति देउवा पछि शुदुरपश्चिम प्रदेश बाट १४ औं महाधिबेन कांग्रेसमा पाण्डेनै पदाधिकारीमा पुगेका छन् ।
पाण्डेलाई सहमहामन्त्रि विजयी हुनु फलामको चिउरा चपाए झै थियो । तर उनि भारि मतका साथ विजयी भएका छन् । पाण्डेलाई देशको सत्तामा रहेका देउवा टिमका कर्णाली प्रदेशका मुख्य मन्त्रि जिवन बहादुर शाहीलाई पराजय गर्नु सजिलो बिषय थिएन् । तर उनको कांग्रेस भित्रको इमान्दारिता, सक्रियता, संगठन निर्माण र कांग्रेसिले पनि पाण्डे जस्तो युवाको पहिचान गरेर विजयी गराएका छन् ।
पाण्डेको यो विजयीले भाबि राजनितिकमा देशमै सम्भाबनाका रुपमा हेरिएको छ । आउने १५ औं महाधिबेशनमा अब पाण्डेलाई महामन्त्रिका रुपमा चर्चा गर्न थालिएको छ, भने महामन्त्रिको बलियो उम्मेद्धवारका रुपमा यात्रा तय गरेको छ । २०६६ सालमा र २०७२ नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी यो भन्दा पहिला दुइपटक केन्द्रिय सदस्य भइसकेका थिए । महामन्त्रि गगन थापा, बिश्वप्रकाश शर्मा झै उनकै लयमा पाण्डेलाई देशका युवाले पछाइरहेका छन् ।
पाण्डे जित्नुको अर्को पाटो देशभरीका युवाको पाण्डेप्रतिको आकर्षण पनि हो । बाजुरामा पनि शुरु शुरु खासै प्रभाब नजमाएका पाण्डे जिल्ला अधिबेशनमा राम्रो छाप बनाए । कांग्रेस भित्रका बजुरेलि युवाको पाण्डेलाई ठुलो जमातले साथ र समर्थ गरेका थिए । फलस्वरुप आफु अनुकुल जिल्ला सभापतिमा रामसिं रावललाई विजयी गराए ।
पाण्डे देशमै कांग्रेस भित्र युवा पुस्ताका बलियो नेताका रुपमा स्थापित भएका छन् । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नै रूपान्तरणको अभियान चलाएर अघि बढ्ने बताएका छन् । ‘अघिल्लो कार्यकालबाट पनि सभापतिले धेरै कुरा बुझ्नु भएको होला । हामी सहकार्य गरेर नै अघि बढ्छौं,’ उनले भने, ‘पार्टीभित्रको सुदृढीकरण गर्नु आवश्यक छ । पद्धति सुधार हुनु जरुरी छ । पात्र स्वयम नै पद्धतिभन्दा माथि हुने जुन समस्या देखिएको छ। त्यसलाई चिरेर जानुपर्ने देखिएको छ ।’
पुस्तान्तरण मात्रै नभएर आफूहरुको अभियान रूपान्तरण पनि भएको भन्दै उनले नयाँ पुस्ताले अब व्यवहारमा देखाउने समय आएको पाण्डेले वताए । ‘पार्टीभित्रको र राष्ट्रिय राजनीतिको रूपान्तरण के हो भन्ने विषयमा मार्गचित्र बनाएर इमान्दार प्रयत्नका साथ अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाई हो,’ उनले थपे, ‘उल्लेख्यनीय संख्यामा केन्द्रीय कार्यसमितिमा रहन्छौं । प्राविधिक रुपमा कार्यसमितिमा रहौं या नरहौं सृजनशिल माध्यमबाट अघि बढ्ने हो ।’ प्रतिस्पर्धामा कुडिँएका मनहरुलाई पनि जोडेर पार्टीभित्र एकताका लागि केन्द्रदेखि वडा तहसम्म नै एउटा वातावरण बनाएर जानुपर्ने उनले बताए ।

बाजुराको अधिबेशनको पुर्व तयारीमा नेपाली काँग्रेस पाटि कार्यलयमा देउवा पक्षधर कार्यकर्ताले पाण्डेलाई कालो झन्डा देखाएका थिए । त्यहि बेला पाण्डेले भनेका थिए समय अनुसार म मेरो ठाँउ बाट देखाउछु ढिलो चाडो मात्र हो । पाण्डेले भनेको केही महिना नबित्तै सातौ जिल्ला अधिबेशन बाटनै उनले प्रमाणित गरिदिएका छन् । उनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधै कार्यकर्ता सँग समन्वय सम्पर्कमा रहदै उनले आफ्नो योजना सफल बनाएर नै छोडे । अहिले उनि आफ्नो यात्रा कांग्रसेका सहमहामन्त्रि पदमा विजयी भए । पाण्डे स्पष्ट बक्ता, निडर, साहसी नेताका रुपमा परिचित हुदै आएका छन् ।पाण्डेको राजनितिक इतिहास
हिमाली गाउँपालिका ४ जन्मेका पाण्डे २०४३ सालमा नेविसंघमा आबद्ध हुदै २०४९ सालमा बाल्मिकी क्याम्पस, काठमाडौंको नेविसंघ इकाई सचिव भएका थिए । २०५० साल नेविसंघ जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । २०५३ सालमा बाल्मिकी क्याम्पस, काठमाडौंको स्ववियू सभापति निर्वाचित भएका थिए ।
२०५४ साल स्ववियू परिषद अध्यक्ष, २०५६ मा ने.वि.संघ केन्द्रीय कार्यसमिति सदस्य, २०५७ मा नेविसंघ केन्द्रीय सहमहामन्त्री निर्वाचित भएका थिए । २०५९ मा ने.वि.संघ केन्द्रीय उपाध्यक्ष हुदै २०६२ सालमा ने.वि.संघ केन्द्रीय कार्यसमिति महामन्त्री भएका थिए ।
२०६६ सालमा नेपाली कांग्रेस केन्द्रीय सदस्य, २०६७ सालमा प्रमुख, श्रमिक विभाग नेपाली कांग्रेस हुदै २०७० मा संबिधान सभा सदस्य भएका थिए । २०७२ नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पुन निर्वाचित भएका थिए । २०७२ सालमा व्यवस्थापिका-संसद हुदै २०७४ सालमा राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका थिए । १४ औं महाअधिबेन बाट सहमहामन्त्रिा विजयी भएकाछन् । पाण्डेको पत्रकारिता प्रशिक्षण सँगै संगठनका मुखपत्रको प्रधान सम्पादक तथा सम्पादक भई काम गरेको अनुभब समेत छ ।
नेपाली कांग्रेसमा गुट उपगुट छरपस्ट हुनुमा उनी व्यक्तिवादी प्रवृतिलाई दोष दिन्छन् । आगामि अधिबेशन बाट नयाँ नेतृत्व आए र नेतृत्व परिवर्तन भएमा अन्त्य हुने वताउँछन् । पाण्डे भन्छन्, “रुसोको एउटा थेउरी छ । जहाँ पनि तीन वटा विल हुन्छ भन्छन् । जसमा प्राइभेट र कर्पोरेट अनि एउटा जनरल विल । व्यक्तिवादी वा प्राइभेट विल हो जसले आफूलाई मात्रै सोच्छ । प्राइभेट विल भनेको जस्तो विद्यार्थी संगठनले विद्यार्थीका बारेमा मात्रै कुरा गर्न र अर्को कुनै पार्टीले आफ्नो पार्टी र देशको लागि सोच्यो भने त्यो जनरल विल हो । कांग्रेसले जनरल विल अनुसार काम गरेन ।” त्यहि भएर नयाँ नेतृत्व आबश्यकता रहेको बताउछन् ।

चर्चामा

सम्बन्धित समाचार