शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • लोडसेडिङ तालिका एसएमएस बाट उपलब्ध गराउने

लोडसेडिङ तालिका एसएमएस बाट उपलब्ध गराउने

  • बिहिबार, पुस १, २०७८
लोडसेडिङ तालिका एसएमएस बाट उपलब्ध गराउने

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बढ्दै गएको लोडसेडिङ तालिका एसएमएस बाट उपलब्ध गराईने भएको छ । त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडद्धारा संचालित बाजुरा साना जलबिधुतका ग्राहकहरुलाई अबदेखी लाडेसेडिङ तालिका मोबाईल नम्मर एसएमएस बाट उपलब्ध गराउने जनाएको छ ।
सदरमुकाम मार्तडीमा त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेड बाजुराले पत्रकार सम्मेलन गर्दै सो कुरा बताएको हो । सदरमुकाम मार्तडीमा दैनिक ४ घण्टा लोडसेडिङको मारमा परेका नागरिकले सहि तरिकाबाट लोडसेडिङ तालिका नपाउने भए पद्धि ग्राहकको मोबाइलमै म्यासेज गरी दैनिक तालिका उपलब्ध गराउने त्रिबेणी बचत तथा रिण सहकारी संस्थाका संचालक समितिका अध्यक्ष अशोक रावलले बताए ।
जिल्लामा रहेको सो बिद्युतको मेशीन पुरानो भएको र सो मेशिनले सदरमुकामै धान्न नसक्ने अबस्थामा लोडसेडिङ गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष रावलले बताए । सदरमुकाममा मात्रै १ हजार किलोवाट बिधुतको आबस्यक रहेको र हाल संचालनमा रहेको बिद्युतको क्षेमता २ सय किलो वाट मात्रै भएकोले लाडसेडिङ गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष रावलले पत्रकार सम्मेलन मार्फत बताएका हुन ।
२०६६ सालमा नेपाल सरकार बाट लिजमा लिएको बिधुत जिण बन्दै गएकोले सो बिधुतमा लगानी गर्न पनि नसकिने अबस्थामा आएको उनले बताए । हाल बाजुरा साना जलबिधुत केन्द्रका २ हजार १ सय ७४ ग्रहाक रहेका छन । जसमा २ हजार ९ ग्राहस्त, ९९ कार्यालय ३२ उध्योग,२० ब्यापार र ८ जना अस्थाई ग्राहक रहेको बताए ।
कुल उतपादन २ सय किलोवाट रहेको भए पनि तत्कालिन बिद्रोहमा रहेको माओबादीले पावर हाउसमा बम हानेर एक मेशिन धोस्त भएकोले हाल एकै मेशिन चलाउदै आएको सो सहकारीका निमित्त ब्यबस्थापक गगन ऐडीलदे बताए ।
नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रशारणको लाईन समेत जोडेर भए पनि ग्रहाकलाई दिने भनिए पनि प्राधिकरणले लाइन बिस्तारमा ढिलाई गरेकोले पनि प्रयाप्त मात्रामा ग्राहकलाई बिधुत सेवा दिन नसकेको संचालक समितिका सचिव शेर बहादुर रावले बताए ।  राष्ट्रिय प्रशारणको लाईन बिस्तारमा त्रिबेणी बचत तथा रिण सहकारी संस्था बाधक नभएको समेत सचिव रावलले बताएका छन । सो बिद्युतको क्षेमता भन्दा बढि बिद्युत खपत हुन लागेको र राष्ट्रिय प्रशारणको लाईन बिस्तार नहोउन्जेल सो समस्या कायमै रहने रावलको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार