शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • खोक्दा देखिने यो लक्षण फोक्सोको क्यान्सरको संकेत

खोक्दा देखिने यो लक्षण फोक्सोको क्यान्सरको संकेत

  • सोमवार, मंसिर २७, २०७८
खोक्दा देखिने यो लक्षण फोक्सोको क्यान्सरको संकेत

पछिल्लो समय फोक्सोको क्यान्सरको समस्या तीव्र रुपमा फैलिरहेको छ । विशेषगरी शहरी क्षेत्रमा रहने मानिसहरु यो क्यान्सरको सिकार हुने गरेका छन् । अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सरको समस्या ६.९ प्रतिशतमा हुन्छ । यो क्यान्सरको कारण धुम्रपान र प्रदुषण नै हो । सुरुवाती लक्षणहरु पत्ता लगाएर उपचार गरेमा फोक्सोको क्यान्सर निको हुन्छ । तर, फोक्सोमा हुने क्यान्सर पत्ता लगाउन मुश्किल हुने गर्छ । फोक्सोमा हुने क्यान्सर ठूलो भागमा फैलिसकेपछि मात्रै यसको लक्षण थाहा हुने गर्छ । डाक्टरका अनुसार खोकी यो क्यान्सरको सुरुवाती लक्षण हो । त्यसैले समयमा नै लक्षणहरुको पहिचान गरेर उपचार गर्नुपर्छ ।

खोकीको संकेत
खोकीले स्वासप्रश्वास प्रणालीको बारेमा धेरै कुराको जानकारी दिन्छ । हाम्रो स्वासनलीमा किटाणुले नोक्सान गरेपछि खोकी लाग्ने गर्छ । फोक्सोको क्यान्सर पत्ता लगाउने पहिलो माध्यम खोकी नै हो । यदि सामान्य तरिकाले खोकी लागेको छ भने त्यो विस्तारै निको हुन्छ । तर, खोकी हप्ताभर वा महिनाभर लागिरहन्छ भने फोक्सोको क्यान्सरको संकेत पनि हुन सक्छ ।

खोकीसँगै देखिने अन्य संकेत
फोक्सोको क्यान्सरमा खोकीसँगै अन्य लक्षणहरु पनि देखिन्छन् । खोक्दा खकारमा रगत देखिनु, सास फेर्न समस्या हुनु, छाती दुख्नु, निमोनिया हुनु जस्ता लक्षणहरु देखिएमा फोक्सोको क्यान्सर पनि हुन सक्छ । यस्ता समस्याहरु बारम्बार दोहोरिनुले पनि क्यान्सर भएको हुनसक्ने संकेत दिन्छ । यदि लामो समयसम्म खोकी लाग्ने वा खोकीमा परिवर्तन हुँदै गएको छ भने फोक्सोमा क्यान्सरका कोशिकाहरु बढ्दै गएको हुनसक्छ । क्यान्सरको समस्या हुँदा आवाजमा पनि परिवर्तन हुने गर्छ । साथै, खोक्दा र बोल्दा दुखाई महसुस हुने गर्छ ।

यस्ता समस्याहरु भइरहन्छन् भने डाक्टरको सल्लाह लिन आवश्यक छ । यस्ता लक्षणहरुका साथै, आवाज निकाल्न समस्या हुने, अचानक तौल कम हुने, थकाई लाग्ने, नाक वा अनुहार सुन्निने, औलाहरुको आकारमा परिवर्तन हुने र काँधमा पीडा हुने जस्ता लक्षणहरु देखिने हुँदा चिकित्सकको सही सल्लाह लिन आवश्यक छ ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार