बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • काेल्टिमा दुई दिन देखि टेलिफोन र इन्टरनेट सेवा बन्द

काेल्टिमा दुई दिन देखि टेलिफोन र इन्टरनेट सेवा बन्द

  • आइतवार, मंसिर २६, २०७८
काेल्टिमा दुई दिन देखि टेलिफोन र इन्टरनेट सेवा बन्द

बाजुरा — बाजुराकाे काेल्टि क्षेत्रमा दुई दिन देखि टेलिफाेन र इन्टरनेट सेवा बन्द भएको छ । बाजुराकाे कालजाग्रामा रहेको नेपाल टेलिकमकाे रिपिटर टावरमा चट्याङ परेपछि सेवा अबरोध भएको टेलिकम शाखा बाजुराले जनाएको छ ।
टेलिफोन सेवा अबरोध हुदा काेल्टिमा हुने बैंकिङ गतिविधि सम्पूर्ण अबरोध भएको छ । फाेन र नेट दुबै सेवा बन्द हुदा सरकारि तथा गैर सरकारी संस्थाकाे कामकाज अबरोध भएको छ।
टेलिकम बाजुरा शाखाका अनुसार काठमाडौ बाट सामान मगाउनु पर्ने भएकोले सञ्चालन मा ल्याउन ढिलाइ भएको जनाएको छ । डडेल्धुरा बाट प्राबिधिककाे टिम आईसकेकाे सामान पनि बाटोमा रहेकोले साेमबार साझ सम्म सञ्चालनमा आउन सक्ने वताएकाे छ । कालाजग्रामा पटक पटक सेवा अबरोध भइरहने गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार