बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पहिरो र कोभिड प्रभाबितलाइ राहत बितरण

पहिरो र कोभिड प्रभाबितलाइ राहत बितरण

  • शुक्रबार, मंसिर २४, २०७८
पहिरो र कोभिड प्रभाबितलाइ राहत बितरण

लक्ष्मिराज पाध्याय/बाजुराको स्वामिकार्तिकखापर गाउँपालिका १ मुक्तिकोटको माझँगाउ ६८ परिवार र जगन्नाथ गाउँपालिका ६ का १३ परिवारलाइ राहत बितरण गरिएको छ । बडिमालिका खबर लगायत सञ्चारमाध्यममा बिचल्लीमा पहिरो र कोभिड पिडित समचार प्रकाशित पछि राहत बितरण गरिएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहीले वताएका छन् ।
पिडितलाई चामल, नुन, तेल, दाल, साबुन, कम्बल सहयोग गरिएको छ । कोभिड र पहिरो पिडित तत्तकाल सहयोग होस भनेर राहत बितरण गरिएको हो । नेपाल राईजिंगको आर्थिक सहयोग, बडिमालिका मिडिया हाउसको आयोजना र गाउँपालिकाको समन्वयमा राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यो राहतले स्थानियलाई ठुलो सहयोग भएको गाउँपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताएका छन् ।
समचारमा पहिरो र कोभिड प्रभाबित बिच्चलीमा रहेको समचार प्रकाशित पछि तत्काल राहत सहयोग गरेको नेपाल राईजिंग उपाअध्यक्ष राजेश श्रेष्ठले वताएका छन् । त्यस्तै जगन्नाथ गाउँपालिका ५ बस्ने अग्नि पिडित कार्तिके लुवारलाई पनि खाद्यन्न, भाडाकुडा समेत गरेको श्रेष्ठले वताएका छन् । स्वामिकार्तिकखापर गाउँपालिका १ माझगाउँ नेपालको सबै भन्दा गरिब गाउँ हो ।
एकातिर कोभिडको महामारी अर्कोतिर पहिरोले माझगाउँ पुरै चिराचिरा परेको थियो । राहत पाउँदा तत्कालको समस्या समधान गर्न सहज भएको सर्पे कामिले वताएका छन् । नेपाल राईजिंगले नेपालमा समस्या परेका वर्ग समुदायलाई सहयोग गर्दै आएको छ । यो भन्दा पहिला पनि मुक्तिकोट गाउँका २ सय बढी परिवारलाई संस्थाले सहयोग गरेको थियो ।
कार्तिक १ गते देखी आएको बेमौसमी अबिरल बर्षाका कारण गाउँ नै चिराचिरा हुदा माझगाउँका ५१ परिवार उच्च जोखिममा रहेका छन् । सोही गाउँमा रहेका १७ परिवार कोभिडका कारण रोजगार गुमाएर समस्यामा परेका थिए । गाउँनै पुरै पहिरो जोखिममा रहेको खबर पछि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महरा सहितले स्थलगत अनुगमन गरेका थिए । गाउँमा पुग्दा सोचे भन्दा धेरै फरक रहेको र गाउँनै अन्य ठाँउमा बिस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीले वताएका छन् । तत्काल अन्यत्र पुर्नस्थापना गर्ने अबस्था पनि नभएकाले समस्या रहेको वताए ।
सम्बन्धित निकायमा लेखेर पठाएका छौ, पुर्नस्थापना गर्न संघ सरकार, प्रदेश सरकारले नै लाग्नु पर्ने रहेको प्रजिअले वताए । एकातिर पहिरो अर्कोतिर गाउँमा चरम खाद्य संकट भएको अधिकारीले वताएका छन् ।
घाम लागेको दिनमा मात्र घर बस्ने गरेका छन् । पानि परेको दिनमा भने गाउँनै खालि गरेर नजिकै रहेको मुक्तिकोट प्राबिमा गएर बस्ने गरेको स्थानियले वताएका छन् । कार्तिक १ गते गाउँको बिचमा पहिरो गएको थियो, भने गाउँ नै चिराचिरा परेको स्थानिय सतल बिकले वताएका छन् । घर मात्र रहेका जमिन पुरै चिराचिरा परेको बिकले वताए । गाउँमा वालवालिका, महिला, बयबृद्ध, लक्षित वर्ग निकै समस्या परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार