शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भविष्यमा देखिने महामारी थप घातक हुनसक्ने वैज्ञानिकको चेतावनी

भविष्यमा देखिने महामारी थप घातक हुनसक्ने वैज्ञानिकको चेतावनी

  • सोमवार, मंसिर २०, २०७८
भविष्यमा देखिने महामारी थप घातक हुनसक्ने वैज्ञानिकको चेतावनी

अक्सफोर्ड — एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् ।

उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी छिन् ।​ गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन तबसम्म मानिसहरु थप सावधान रहन आवश्यकता छ ।

उक्त लेक्चरमा उनले भनिन्, ‘कुनै भाइरसले हाम्रो जीवन र हाम्रो आजिविकालाई खतरा निम्त्याइरहेको यो अन्तिम पटक होइन । वास्तविकता त यो हो कि अर्को महामारी अझै खतरनाक हुनसक्छ । यो थप संक्रामक र थप घातक दुबै हुनसक्छ ।’रासस ।

चर्चामा

सम्बन्धित समाचार