बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश अधिवेशन : यी हुन् देउवा पक्षका उम्मेदवार

सुदूरपश्चिम प्रदेश अधिवेशन : यी हुन् देउवा पक्षका उम्मेदवार

  • शुक्रबार, मंसिर १७, २०७८
सुदूरपश्चिम प्रदेश अधिवेशन : यी हुन् देउवा पक्षका उम्मेदवार

धनगढी — नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्षले प्यानलसहिच उम्मेदवारी दर्ता गरेका छन्। सभापतिमा संस्थापन अर्था शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवार दर्ता भएको छ।

यस्तै प्रदेश उपसभापतिमा उपसभापतिमा लोकराज अवस्थी (बैतडी) र जनक चौधरी (कैलाली), महामन्त्रीमा नरनारायण शाह (कैलाली) र मेघराज खड्का (अछाम), सह-महामन्त्रीमा अम्बिका चलाउने (अछाम), चिन्तामणी भट्ट (कञ्चनपुर) र गोपालदत्त भट्ट (कञ्चनपुर) उम्मेदवार भएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ। उक्त पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले उम्मेदवार दिएको सभापतिका उम्मेदवार मिश्रले जानकारी दिए।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्षले पनि प्यानल बनाएकाे हाे।

चर्चामा

सम्बन्धित समाचार