मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर भर्सेस मिश्र

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर भर्सेस मिश्र

  • शुक्रबार, मंसिर १७, २०७८
सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर भर्सेस मिश्र

धनगढी — नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहिच चुनावी मैदानमा होमिने भएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ।

संस्थापन समूहका नेताहरुको छलफलपछि बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन्। नेताहरु सबैको जोड सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए। ‘काँग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्न र सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन मेरो उम्मेदवारी हो,’ बलायरले भने।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो। संस्थापन अर्थात देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए।

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको सभापतिका उम्मेदवार मिश्रले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार