बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

  • बिहिबार, मंसिर १६, २०७८
कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

पोखरा —  गण्डकीमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन कार्यक्रममा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाएका छन् । यहाँ सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा अर्जुन जोशीलाई टिकट दिइएको छ ।

उनी केन्द्रीय सदस्य भएकोले बोल्न दिइएको थियो । उनले भाषण गर्ने क्रममा आफूलाई मत मागे । त्यसपछि मञ्चमा सुरु भयो, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोध । आकांक्षीहरु देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मालगायत नेता र कार्यकर्ताहरुले बोल्न मञ्च माग्दै देउवा पक्षविरुद्ध नाराबाजी गरेका हुन् ।

त्यसपछि कार्यक्रममा उनीहरुलाई समेत बोल्न दिइयो । अहिले कार्यक्रम निरन्तर जारी चलिरहेको छ । आकांक्षीहरुले मनोनयन शुल्क पनि बढी भएको भन्दै विरोध जनाएका छन् ।

सभापतिमा ९१ हजार, उपसभापतिमा ६१, महामन्त्रीमा ५१,सहमहामन्त्रीका लागि ४१ र सदस्यलाई ३१ हजार शुल्क तोकिएको छ ।कान्तिपुरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार