शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • राजनीति
  • तलकोट गाउँपालिकामा बिध्यालयहरु बन्द:काङग्रेस अधिवेशन धाउन गएको अभिभावकको गुनासो

तलकोट गाउँपालिकामा बिध्यालयहरु बन्द:काङग्रेस अधिवेशन धाउन गएको अभिभावकको गुनासो

  • बुधबार, मंसिर १५, २०७८
तलकोट गाउँपालिकामा बिध्यालयहरु बन्द:काङग्रेस अधिवेशन धाउन गएको अभिभावकको गुनासो

 अर्थ जङ्ग शाही / बझाङ — बझाङको तलकोट गाउँपालिकामा रहेका अधिकाश बिद्यालय ७ दिन देखि बन्द भएका छन्। त्यहाँका शिक्षक महाधिवेशन तिर लागेपछि बिध्यालय बन्द गर्नु परेको अभिभावकको गुनासो रहेको छ। तलकोट गाउँपालिकाका ३० वटै बिधालय बन्द भएपछि बाकी रहेका शिक्षक,बिध्याथी र अभिभावकले गाउँपालिकामा तलब बुर्दि गर्नुपर्छ भनेर धर्ना दिएका छन् ।

धनगढीमा जारी काङग्रेसको चौधौँ महाधिवेशनका लागि कोही शिक्षक अधिवेशन तिर गएपनि,कोही शिक्षक चाहिँ गाउँपालिका नजिकै तलब बृर्दिको धर्ना कार्यक्रम गरिरहेका छन्। बझाङको तलकोट गाउँपालिकामा सबै विद्यालयहरु बन्द भएको बताइएको छ । अधिकांश शिक्षक काङग्रेसको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको तलकोट गाउँपालिकाका स्थानीयब्यक्ति प्रकाश धामीले बडिमालिका खबरलाइ बताए। विद्यालयमा अब परिक्षा सञ्चालन हुनेबेला विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको धामीले बताए। शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको उनले बताए ।

विद्यालय बिदा गर्ने जानकारीसमेत नगराई शिक्षकहरू महाधिवेशनमा गएको बुझिएको छ। हाम्रा बच्चाबच्चीको जिन्दगी अन्धकार देखी उज्यालो तिर लैजानु छोडेर,यो बिचमै शिक्षकहरु अधिवेशन धाउन गएको हुदाँ यो कतिको जाहेज हो। अहिले यसै बिषयमा तलकोट गाउँपालिकाका बिध्यालयहरुमा अभिभावक गएर धर्ना कार्यक्रम गरेर पोष्टर समेत बिध्यालयको मूल गेटमा टाँसेको पाईएको छ। यता तलकोट गाउँपालिका अध्यक्ष लाल बहादुर विष्टले भने, शिक्षकहरु अधिवेशन तिर गएको आफूलाई केही थाहा नभएको र शिक्षकहरुको तलब बृर्दि को लागी धर्ना कार्यक्रम गरेको बताए साथै मंगलबार सम्म बिधालयहरु बन्द भएपनि आजबाट बन्द रहेका विध्यालयहरु सुचारु हुने बडिमालिका खबरलाई बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार