• होमपेज
  • राजनीति
  • एमाले सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित

एमाले सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित

  • मङ्लबार, मंसिर १४, २०७८
एमाले सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित

चितवन — नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्‍माले समान १८०० मत पाएका छन्

लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार