• होमपेज
  • समाचार
  • चिर्पटले हानेर आमाको हत्या

चिर्पटले हानेर आमाको हत्या

  • शनिबार, मंसिर ११, २०७८
चिर्पटले हानेर आमाको हत्या

पाल्पा — चिर्पटले हानेर एक जनाले आमाको हत्या गरेका छन्।

पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुलाई आमाको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सारुले ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको हो। मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी हत्या गरेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उनलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार