शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली चितवन पुगे

एमाले अध्यक्ष ओली चितवन पुगे

  • बिहिबार, मंसिर ९, २०७८
एमाले अध्यक्ष ओली चितवन पुगे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिदेखि सुरू हुने पार्टीको १० औं महाधिवेशमा सहभागी हुन चितवन पुगेका छन्।

महाधिवेशनमा सहभागी हुन अधिकांश नेता कार्यकर्ता चितवन पुगिसकेका छन्। भीम रावललगायत अन्य नेताहरू आजै चितवन पुग्ने भएका छन्।

यसअघि केही शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन्। चितवन पुगेपछि अ‍ोली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) देखि चितवनमा हुँदैछ। नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहमा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन्।

नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम बढेसँगै चहलपहल देखिएको छ। एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन्।

अध्यक्ष केपी शर्मा ओलीका ठूला फोटा सडक किनारमा राखिएका छन्। एमालेको झन्डासमेत बिजुलीका पोलहरूमा राखिएको छ।

भरतपुर, टिकौलीलगायत क्षेत्रमा एमालेले पार्टीको झन्डा राखेको छ भने नेताका फोटासमेत राखिएका छन्।

चर्चामा

सम्बन्धित समाचार