बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • राजनीति
  • एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे यी निर्णय हुँदै

एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे यी निर्णय हुँदै

  • मङ्लबार, मंसिर ७, २०७८
एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे यी निर्णय हुँदै

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो ।

बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ ।

आजको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो लगाउने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।

एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार