शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • प्रदूषणले फोक्सो बिगारिदिन्छ, यी खानेकुरा खाएर जोगाउनुहोस्

प्रदूषणले फोक्सो बिगारिदिन्छ, यी खानेकुरा खाएर जोगाउनुहोस्

  • शनिबार, मंसिर ४, २०७८
प्रदूषणले फोक्सो बिगारिदिन्छ, यी खानेकुरा खाएर जोगाउनुहोस्

हावामा फैलिएको प्रदुषण फोक्सोका लागि निकै खतरनाक हुन्छन् । डाक्टरका अनुसार प्रदूषणका स–साना कणले हाम्रो फोक्सोलाई ठूलो हानी पुर्याइरहेको हुन्छ । प्रदूषणबाट फोक्सोलाई बचाउन केही खानेकुराले निकै फाइदा पुर्याइरहेको हुन्छ, त्यसैले यस्ता खानेकुरालाई तपाईंले आफ्नो खानामा समावेश गर्नुपर्छ ।

सख्खरः प्रदुषणबाट फोक्सोलाई बचाउनका लागि सख्खर निकै लाभदायी हुन्छ । यसको प्रयोग गरेर तपाईं प्रदुषण वा धुँवाबाट हुने समस्याबाट जोगिन सक्नुहुन्छ । सख्खरमा पाइने एन्टी एलर्जिक तत्व फोक्सोका लागि निकै राम्रो हुन्छन् । यसमा आइरनको भरपुर मात्रा पाइन्छ । आइरनले रगतमा हिमोग्लोबिनको स्तर सामान्य बनाउँछ जसकारण रगतमा अक्सिजनको स्तर बढ्ने गर्छ । विभिन्न सोधमा प्रमाणित भइसकेको छ कि हरेक दिन सख्खर खाँदा हावामा फैलिएको प्रदुषणले स्वास्थ्यमा असर पार्दैन ।

जैतुनको तेलः जैतुनको तेलमा भिटामिन–ई पाइन्छ जसले फोक्सोको समस्या टाढा राखेर यसलाई संक्रमणबाट जोगाउँछ । जैतुनको तेलमा पाइने फ्याटी एसिडले शरीरलाई सुन्निनबाट जोगाउँछ । यसबाहेक यसले प्रदूषणका कारण हुने मुटुरोगबाट पनि सुरक्षित राख्छ ।

आलसः आलसमा भारी मात्रामा फाइटोइस्ट्रोजेन्स र ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । फाइटोइस्ट्रोजेन्समा एन्टीअक्सिडेन्ट गुण पनि हुन्छ जसले दम र प्रदूषणका कारण हुने एलर्जीबाट सुरक्षित राख्छ । प्रदूषणबाट सुरक्षित राख्नका लागि आलस सबैभन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले प्रदूषणको दुष्प्रभावबाट जोगिनका लागि आलसको नियमित रुपमा सेवन गर्नुपर्छ ।

हर्बल टीः तौल कम गर्नेदेखि स्वास्थ रहनेसम्म हर्बल टीले स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याइरहेको हुन्छ । यसमा पाइने एन्टीअक्सिडेन्ट्सले शरीरमा भएका टक्सिनलाई बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसका साथै प्रदुषणका कारण हुने एलर्जीबाट पनि सुरक्षित राख्छ । तपाईं घरमा तुलसी, अदुवा र कागतीको रसले हर्बल टी बनाउन सक्नुहुन्छ ।

गोलभेडाः प्रदुषणको प्रभावबाट बच्नका लागि आफ्नो खानामा गोलभेडा समावेश गर्नुहोस् । यसमा लाइकोपिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जुन प्रदूषणको कारण हुने सास सम्बन्धि समस्याबाट सुरक्षित राख्ने काम गर्छ ।

पानीः सास फेर्न समयमा शरीरमा पुगेका धुलोका कणलाई बाहिर निकाल्नका लागि पानी असाध्यै आवश्यक कुरा हो । दिनमा करिब चार लिटरसम्म पानी पिउनुहोस् । घरबाट बाहिर निस्कन बेला पनि पानी पिउनुहोस् । यसले शरीरमा अक्सिजनको प्रवाह सही बनाउन सहयोग गर्छ र वातावरणमा भएका विषालु ग्यास यदि रगतसम्म पुगिहालेको खण्डमा पनि कम क्षती पुर्याउनेछ ।

लसुनः लसुनमा एन्टीबायोटिक तत्व हुन्छन् जसले प्रदूषणबाट लड्ने क्षमता बढाउँछ । त्यसैले लसुनलाई पनि आफ्नो खानामा समावेश गर्नुहोस् ।

भिटामिन सीः भिटामिन सी हाम्रो शरीरका लागि निकै आवश्यक छ । यसले शरीरमा फ्रि रेडिकल्सको सफाई गर्छ । शरीरमा भिटामिन–इलाई पुनर् उत्पादन गर्न पनि यो निकै उपयोगी छ । फोक्सोका लागि शरीरमा भिटामिन सीको स्तरलाई कायम राख्न निकै आवश्यक छ । शरीरलाई दैनिक ४० मिलिग्राम भिटामिन सीको आवश्यकता पर्छ । बन्दा गोभी, सलगमको साग भिटामिन सीको राम्रो स्रोत मानिन्छ । कागती, अम्बा, अमला र सुन्तलामा पनि यो भिटामिन पाइन्छ । यसका लागि तपाईंले अमिलो फलको सेवन बढीभन्दा बढी गर्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार