शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • कट्टुमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवा पक्राउ

कट्टुमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवा पक्राउ

  • शुक्रबार, मंसिर ३, २०७८
कट्टुमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।

उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले  बताए । दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।

दुबई विमास्थलमा सुन पठाउने समुहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार