शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका हिमाली क्षेत्रमा चिसो बढेपछि पढाई प्रभावित, आगो वालेर पढाउँछन शिक्षक

बाजुराका हिमाली क्षेत्रमा चिसो बढेपछि पढाई प्रभावित, आगो वालेर पढाउँछन शिक्षक

  • बिहिबार, मंसिर २, २०७८
बाजुराका हिमाली क्षेत्रमा चिसो बढेपछि पढाई प्रभावित, आगो वालेर पढाउँछन शिक्षक

बाजुरा —  बाजुरा जिल्लाकाे हिमाली क्षेत्रमा चिसो बढेपछि बिद्यालयको पढाई प्रभाबित बनेकाे छ । चिसो बढेसँगै चौरमा बिद्यार्थीलाई आगो बालेर पढाइ शुरु गरिएको हाे  ।
बडिमालिका नगरपालिका ७ मा रहेको सरस्वती आधारभुत बिद्यालय चिसो बढेपछि बिद्यार्थीलाई आगो बालेर पढाइ शुरु गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । बिद्यालयमा १ सय ६० जना बिद्यार्थी अध्यनरत रहेका छन् । जसमा १ सय ५० पिपन्न विद्यार्थी पढने गरेका छन् । उनिहरु जुत्ता कपडा किन्न सक्दैनन् हिउँ झै तुसारो पर्छ, चिसोले पठनमा पठानमा समस्या भएपछि आगो बालेर पढाइ शुरु गरिरहेको वडा अध्यक्ष पाध्यायले वताए ।
चिसोले रुघा खोकि ज्वरो आउने भएकोले विद्यार्थी को नियमित पढाइ हुन सक्दैन  हात फुट्ने गाला चर्किने समस्या देखिने गर्छ, प्रअ हस्त बहादुर धामीले वताएका छन् । बिद्यालयमा मंसिरको पहिलो सातातिर बाट हिउँपर्ने शुरु हुन्छ, चिसो बढन शुरु भइसकेको छ, जसरि नि पढाउनु त पर्यो आगो बालेर भएपनि पढाउने गरेको प्रअ धामिले वताए ।
आर्थिक अबस्था कमजोर भएका बिद्यार्थी राम्रो सँग लुगा समेत नलगाएर खालि खुट्टा आउने गरेका छन् । चिसो छल्न न टोपि हुन्छ, न जकेट नै कष्टकर चिसोमा पढाउने गरेको बिद्यालयले जनाएको छ । उक्त बिद्यालयमा धेरै जसोजनजातिका बालवालिका रहेका छन् । केही त चिसो छल्न बेशीतिर समेत झरिसकेका छन् ।
बडिमालिका नगरपालिकामा युनिसेफ लगायत बालबालिका क्षेत्रमा काम गर्ने संघ संस्था भएपनि यो बिद्यालयमा कुनै सहयोग नगरेको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । वडाको पहलमा भवन सौचालय बन्ने भएपनि भवन भित्र पनि चिसोले समस्या रहेको छ ।  यस्का लागि फ्लर सेटिङ, पिफम, कार्पेट र वालमा बाल पेपर तथा एसी डिसी भएकाे भए पढाइ प्रभाबित नहुने शिक्षकहरूले बताएका छन । भाैतिक संरचना  केही भएकाे भए पनि कक्षाकाेठा ब्यबस्थापनमा सहयोग माग गरिराछौ वडामा स्रोत नभएकोले वडाबाट गर्न नसकेकाे वडा कार्यलयले जनाएको छ ।
चिसो छल्नलाई विद्यार्थीको लागि टोपि र मोजा, जकेट स्वस्टर जस्ता न्यानाे लुगाहरूकाे आबश्यक रहेको बिद्यालय व्यबस्थापन समिति अध्यक्ष राम बहादुर धामीले वताएका छन् । यो बिद्यालयमा हिउँ परेको बेलमा हिउँमै पढाइ हुने गरेको छ । शिक्षा समन्वय इकाइ बाजुराका अनुसार बाजुरामा २ सय ७१ बिद्यालय मध्ये १ सय बिद्यालय हिमाली क्षेत्रमा रहेका छन्, चिसोमा पढनपाठनमा समस्या हुने गरेको वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार