शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जापानमा रिमोटबाट चल्ने बुलेट रेलको परीक्षण

जापानमा रिमोटबाट चल्ने बुलेट रेलको परीक्षण

  • बिहिबार, मंसिर २, २०७८
जापानमा रिमोटबाट चल्ने बुलेट रेलको परीक्षण

काठमाडौं — जापानमा पहिलो पटक स्वचालित बुलेट रेलको परीक्षण गरिएको छ । बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको हो ।

बुधबार बिहान इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको द जापान टाइम्सले जनाएको छ । श्रमित अभावबीच भविष्यमा चालकरहित बुलेट ट्रेन बजार ल्याउने कम्पनीको योजनाबीच उक्त परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा १२ वटा डिब्बा (कार) रहेको ई-७ बुलेट ट्रेनलाई अटोमेटिक मोडमा थिचेपछि आफै चलेको थियो । ट्रेनलाई टाढैबाट कन्ट्रोल सेन्टरमार्फत् रिमोटले चलाइएको थियो ।

निगाटा स्टेशनबाट प्रतिघण्टा ११० किलोमिटरको लक्षित गतिमा ५ किलोमिटर गुडेपछि स्वचालित बुलेट ट्रेन आफै रोकिएको थियो ।

जापानमा व्यवसायिक प्रयोजनका लागि चालकरहित बुलेट ट्रेनको परीक्षण गरिएको यो पहिलो पटक हो । परीक्षणका क्रममा संभावित आपतकालीन अवस्थाको सामना गर्न भन्दै चालकसहित कैयौं कर्मचारी स्वचालित बुलेट ट्रेनभित्रै बसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार