शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

  • बिहिबार, मंसिर २, २०७८
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रीदर १३४ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र विक्रीदर १५९ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३२ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।

यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार