शनिबार, असार १३, २०८३
  • होमपेज
  • समाचार
  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • बिहिबार, कार्तिक २५, २०७८
सेयर गर्नुहोस् :
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ — सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर तीनले बढाइएको छ। नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ बढाएर १५ सय ७५ पुगेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ कायम भएको छ। आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ। निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो। रासस

चर्चामा

सम्बन्धित समाचार