शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • जब पाकिस्तानको विजयोत्सव मनाएका भारतीय समर्थकलाई जेल हालियो

जब पाकिस्तानको विजयोत्सव मनाएका भारतीय समर्थकलाई जेल हालियो

  • शुक्रबार, कार्तिक १९, २०७८
जब पाकिस्तानको विजयोत्सव मनाएका भारतीय समर्थकलाई जेल हालियो

बीबीसी– ट्वान्टी–२० विश्वकपमा भारत र पाकिस्तान पहिलो खेल खेलिरहेका बेला विश्वभरीका दशौँ लाख दर्शक जस्तै नफीसा अत्तारी पनि टिभी स्क्रीनमा एकाग्र थिइन् ।

उत्तरी भारतीय सहर उदैपुरकी स्कुलटिचर (शिक्षिका/शिक्षक)ले पाकिस्तानले १० विकेटले म्याच (खेल) जितेको हेरिन् । त्यो जोडदार जित थियो ।

केही दिनपछि उनलाई पक्राऊ गरियो र पुलिस सेल (प्रहरी हिरासत)मा राखियो । उनको देखिने अपराधः पाकिस्तानको जितमा उत्सव मनाएको उनको ह्वाट्एप स्टेटस हो ।

उनी हालैको खेलमा पाकिस्तानलाई समर्थन गरेकोमा पक्राऊ वा बन्दी बनाइएका थुप्रै मुस्लिमहरूमध्ये एक हुन् । यसले विश्वकै ठूलो प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको विषयमा ताजा चिन्ताहरू बढाएको छ ।

पर्यवेक्षकहरू पछिल्लो पक्राउ सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्र्टीको मुस्लिम अल्पसंख्यकहरू लक्षित एजेण्डाको पछिल्लो हतियार भएको तर्क गर्छन्, तर यो आरोपलाई सरकारले कडा खण्डन गर्दै आएको छ ।

“जित गयी… वी ओन”, पाकिस्तानी टोलीका केही खेलाडीहरूको तस्बिरसहित अत्तारीले ह्वाट्सएपमा स्टेटस लेखिन् । उनको पोस्ट उनको एक विद्यार्थीका अभिभावकले देखेका थिए । यो पोस्ट म्यासेजिङ सर्भिसमा भाइरल हुनुअघि उनीहरूले अरुहरूलाई पठाए ।

अत्तारीलाई शिक्षण पेशाबाट बर्खास्त गरियो र ‘राष्ट्रिय एकतामाथि प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति’लाई अपराधीकरण गर्ने इन्डियन पेनल कोड (भारतीय अपराध संहिता) अन्तरगत पक्राऊ गरियो ।

स्थानीय टिभी च्यानलसँगको एक अन्तर्वार्तामा तनावग्रस्त देखिएकी उनले अपराध÷गल्तीको लागि माफी मागिन् ।
“(मेरो स्टेटसको जवाफ दिँदै) मैले पाकिस्तानलाई समर्थन गरिरहेको हो भनी कसैले मलाई म्यासेज गरेर सोधे । म्यासेजमा इमोजीहरू र रमाइलो वातावरण भएकोले मैले ‘येस्’ (हो) भनेँ”, उनले भनिन् ।

“यसको अर्थ मैले पाकिस्तानलाई समर्थन गर्छु भन्ने होइन नि । म भारतीय हुँ, आइ लभ इन्डिया (म भारतलाई प्रेम गर्छु) ।जमानत पाएपछि उनी आफ्नो पति र बच्चासँग घर फर्किइन् । उनी त्यो मुद्दा लडिरहेकी छन् ।

“प्रहरीले जे गर्यो त्यो एकदमै गलत हो । यदि कसैले भूल÷गल्ती ग¥यो या तपाईं कसैसँग सहमत हुनुभएन, त्यो अपराध वा राष्ट्र विरोधी होइन नि,” उनको वकिल राजेश सिंभीले बताए । “यो हाम्रो संविधान र कानून विरुद्ध छ ।”

कट्टरपन्थी हिन्दू राष्ट्रवादी समूह बजरंग दलका सदस्य राजेन्द्र पार्मरले अत्तारी विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।“यी मान्छेहरू पाकिस्तान जानुपर्छ । तिमीहरू भारतमा बस्ने, यहीँ कमाउने तर उनीहरूको जितमा उत्सव मनाउने,” उनले भने ।

उजुरी दिएकोमा आफूलाई कुनै पछुतो नभएको पार्मरले बताए । “यो उनको लागि (पाठ) हुनपर्छ । ती बालबालिकालाई उनले कस्तो खालको शिक्षा दिन्छिन् ?”

उनको टिप्पणीले सन् १९४७ मा ब्रिटिस इन्डियाको विभाजन भइ दुई राष्ट्र निर्माण भएपछि भारत र पाकिस्तानका धेरैले एकअर्काप्रति महशुस गर्ने शत्रुतापूर्ण भावना अन्तरहृदयमा रहेको गहिरो पीडालाई देखाउँछ ।

विशेषगरी असीको दशकको अन्त्यतिरबाट भातर प्रशासित कश्मीरमा भारतीय शासन विरोधी विद्रोह सुरु भएयता सम्बन्धहरू झनै तनावपूर्ण बनेको छ । कश्मीरमा मेडिकल (चिकित्सा) विद्यार्थीहरूको एक समूहलाई पनि पाकिस्तानी क्रिकेट टिमलाई समर्थन गरेको आरोपमा आतंकवाद विरोधी एक कडा कानुन अन्तरगत मुद्दा चलाइएको छ ।

अनलाइनमा देखा परेको एक भिडियोमा, एक व्यक्ति, कथित भाजपाका पूर्व सांसद विक्रम रन्धावाले पाकिस्तान समर्थित नारा लगाएको भन्दै ती विद्यार्थीको ‘जिउँदै छाला काढ्नुपर्छ’ र उनीहरूको डिग्री र नागरिकता रद्द गर्नुपर्छ भनेको सुन्न सकिन्छ ।

रन्धावालाई प्रहरीले ‘हेट स्पीच’ (घृणापूर्ण अभिव्यक्ति) दिएको आरोप लगाएको छ । भाजपाले उनको निन्दा गर्दै ४८ घण्टाभित्र आफ्नो टिप्पणीप्रति माफी माग्न आदेश दिएको छ ।

पार्टीले यस्तो कठोर भाषाको प्रयोगबाट आफूलाई टाढा राख्दै गर्दा, भाजपाका अन्य वरिष्ठ सदस्यहरूले पाकिस्तानलाई समर्थन गर्नेहरूलाई निन्दा गरेका छन् । कसैकसैले त यसलाई अपराध मान्नुपर्ने समेत भनेका छन् ।

भाजपाका नेता बनेका पूर्व क्रिकेटर गौतम गम्भीरले पाकिस्तानको जित मनाउने जो कोही पनि ‘लज्जास्पद’ भएको बताए । “पाकिस्तानको जितमा पटका पड्काउनेहरू भारतीय हुनै सक्दैनन् ! हामी हाम्रा केटाहरूको साथमा छौँ” उनले ट्विटरमा लेखेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी एवं देशको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले एक समाचारपत्रलाई पाकिस्तानको जितमा खुसी मनाउने भारतीयहरूलाई राजद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् ।

भारतको उपनिवेशकालीन राजद्रोह कानुनले सरकारको आलोचनालाई अपराधिकरण गर्छ । यसलाई अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन प्रयोग भइरहेको धेरैको भनाइ छ ।

“हामीले यहाँ देखिरहेका छौँ यो मुस्लिमलाई पराइकरण गरी हिन्दूको मत सुदृढ पार्ने भाजपाको राजनीतिक प्रक्रियाको एक हिस्सा हो”, द सीन एण्ड अनसिन पोडकास्टका होस्ट अमित वर्माले भने ।

“उनीहरूले दशकौँदेखि हाम्रो राजनीतिमा निष्क्रिय रहेका मुद्दाहरूलाई हतियार बनाएका छन् ः गौ हत्या, हिन्दू–मुस्लिम विवाह र पाकिस्तानलाई समर्थन गर्ने भारतीयहरूलाई पनि ।”

“यसमा कुनैमा पनि उनीहरूलाई कुनै सार छैन । यो केवल मुस्लिम विरोधी भावनालाई भड्काउन प्रयोग गरिने मुद्दा हुन्, दुःखको कुरा यो व्यापक रूपमा फैलिरहेको छ” उनले तर्क गरे ।

तर, भारत सरकारका एक जना वरिष्ठ प्रवक्ताले थोरै संख्यामा रहेका मुस्लिम विरुद्ध कारबाही गर्नु भनेको यस देशमा आस्था राख्ने दशौँ लाख मानिसलाई दण्ड दिनु बराबर हो भन्नु ‘बेकार’को कुरा भएको बताए ।

“उनीहरू (पक्राउ परेकाहरू) भारतको पराजयको उत्सव मनाइरहेका थिए … त्यस्ता प्रत्येक कार्यमा कानुनी व्यवस्था चलायमान हुने सम्भावना हुन्छ, त्यसैले यसलाई सबै किसिमले रोक्नुपर्छ”, पक्राउको रक्षा गर्दै सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले भने ।

“यदि यहाँ दुई विद्यार्थी, त्यहाँ विद्यार्थी या एक शिक्षकले कहिँकतै उत्तेजक र थप समस्या निम्त्याउन सक्ने खालको काम गर्ने निर्णय गरेमा त्यसको जाँचबुझ गरी छानबिन गर्नुपर्छ”, उनले भने ।

हिरासतमा रहेका धेरैका परिवारहरूले ती कार्यहरू पूर्ण रूपमा असंगत भएको विश्वास गर्छन् ।

उत्तर प्रदेशमा पनि सात जनालाई पाकिस्तानको जितमा उत्सव मनाएको आरोप लगाइएको थियो । उनीहरूले शान्ति भंग गर्न भारतीय क्रिकेट टोली विरुद्ध अपमानजनक शब्द र राष्ट्र विरोधी टिप्पणी गरेको प्रहरीले बताएको छ ।

तीमध्ये तीन जना आगरा कलेजका इन्जिनियरिङका विद्यार्थी अर्शद युसेफ, इनायत अल्ताफ र सौकात अहम्मद जेलमा छन् । आफ्नो कलेजबाट समेत निलम्बन गरिएका उनीहरूले वकिल खोज्न संघर्ष गरे ।

“हामी यी विद्यार्थीलाई कुनै कानुनी सहायता प्रदान गर्दैनौँ किनकी उनीहरू भारतमा बसेर पाकिस्तानको विजयको उत्सव मनाइरहेका थिए,” आगरा सहरका योङ लयर्स एसोएसनका अध्यक्ष नितिन वर्माले भने ।

“यो हाम्रो देशविरुद्ध र राष्ट्र विरोधी हो । यसको विरोध गर्नु हाम्रो कर्तव्य हो, त्यसैले भविष्यमा यस्ता कार्यलाई प्रोत्साहन गर्नु हुँदैन ।”

क्रिकेट खेलले यस्तो कडा प्रतिक्रिया दिएको यो पहिलो पटक होइन ।

सन् २०१४ मा, उत्तर प्रदेशमा कश्मिरी विद्यार्थीलाई भारतविरुद्ध पाकिस्तानको जयजयकार गरेकोमा देशद्रोहको आरोप लगाइएको थियो । तर, पछि कानुन मन्त्रालयको कानुनी सल्लाहपछि ती आरोपहरू खारेज गरिएको थियो ।

क्रिकेट भारतीय मानसिकताको ठूलो हिस्सा रहँदै आएको छ, तर प्यु रिसर्च सेन्टरले हालै गरेको सर्वेक्षणले थोरै बहुमत (५६ प्रतिशत) वयश्कहरूले साँच्चै भारतीय हुनका लागि भारतीय क्रिकेट टोलीलाई समर्थन गर्नु महत्त्वपूर्ण रहेको महशुस गरेको पत्ता लगायो ।

“विपक्षी क्रिकेट टोलीलाई समर्थन गर्नु कानुनमा कहिले अपराध हो ?” क्रिकेट पत्रकार र सामाजिक टिप्पणीकार शारदा उग्रा सोध्छिन् ।

“यूके वा अष्ट्रेलियामा भारतीय मूलका मानिसहरूलाई भारतलाई समर्थन गरेकोमा गिरफ्तार गर्नुपर्छ ? यो स्पष्ट रूपमा सुनियोजित धार्मिक विभाजन हो जसले दुवै पक्षलाई उक्साइएको छ ।”

सिमानाको अर्कोतर्फ पनि यस्तै घटनाका उदाहरण छन् । सन् २०१६ मा भारतीय क्रिकेट क्याप्टेन विराट कोलीको पाकिस्तानी समर्थकले कोलीको सम्मानमा भारतीय झण्डा फहराउँदा पक्राउ परेका थिए ।

जब क्रिकेटको कुरा आउँछ, दुवै राष्ट्रहरूमा भावावेश उच्च छ, तर भारतमा भएको पछिल्लो गिरफ्तारीहरूले अभिव्यक्ति स्वतन्त्रताको लागि ठाउँ दु्रत रूपमा संकुचित भइरहेको महशुस गर्ने धेरैलाई स्तब्ध बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार