शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बागमतीमा पौडी खेल्दा युवकको मृत्यु

बागमतीमा पौडी खेल्दा युवकको मृत्यु

  • बिहिबार, कार्तिक १८, २०७८
बागमतीमा पौडी खेल्दा युवकको मृत्यु

काठमाडौंको गोकर्णस्थित बागमती नदीमा पौडी खेल्दा एकजनाको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा डाइभ हानेर नदीमा पसेका ३५ वर्षीय युवक मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

नदीमा उनीसँगै पौडिन गएका अरु दुईजना सकुशल निस्केका छन् । मृतक मापसे गरेर पौडिन गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको पहिचान खुलेको छैन । उनले बोतल, कागज टिपेर गुजारा गर्ने गरेको स्थानीयवासीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार