शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमाले बडीमालिका नगर कमिटीको अधिबेशन सम्पन्न

एमाले बडीमालिका नगर कमिटीको अधिबेशन सम्पन्न

  • सोमवार, कार्तिक १५, २०७८
एमाले बडीमालिका नगर कमिटीको अधिबेशन सम्पन्न

बाजुरा — नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय रहने गरी अधिबेशन सम्पन्न भएकाे छ ।  नेकपा एमाले बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष तथा प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका पाध्याय लगायतका सबै पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन ।

नगर कमिटीको उपाध्यक्षमा बिमला थापा साउद, सचिवमा राजेश पायल, उपसचिवमा कर्ण बिक र दिलिप रावल लगायत ७५ सदस्यीय नगर कमिटि चयन भएकाे निर्बाचन मण्डलले जानकारी दिएकाे छ ।  नगर अधिवेशन सूरु भएको ३ दिनपछि  सहमति गरेपछि  सर्वसम्मत रूपमा नगर कमिटि  चयन भएका नेकपा एमाले अधिबेशन निर्बाचन समितिले जनाएकाे छ । ।

चर्चामा

सम्बन्धित समाचार