शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • हातिपाईले रोग सम्बन्धी जिल्ला स्तरिय गोष्ठी सम्पन्न

हातिपाईले रोग सम्बन्धी जिल्ला स्तरिय गोष्ठी सम्पन्न

  • बुधबार, कार्तिक १०, २०७८
हातिपाईले रोग सम्बन्धी जिल्ला स्तरिय गोष्ठी सम्पन्न

बाजुरा — बाजुरामा हातिपाईले रोग निवारण सम्बन्धी टास दुईको सर्भे सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय कोटजन्य रोग तथा अनुसन्धन तालिम केन्द्र हेटौडा मकवानपुरको आयोजना तथा स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
सन २०३० सम्म हातीपाइले रोगलाइ अन्मुलन गर्ने उदेस्यका साथ देशभर बिभिन्न कार्यक्रम संचालन गरिदै आएको कोटजन्य रोग तथा अनुसन्धन तालिम केन्द्र हेटौडाले जनाएको छ । यस अघि सन २०१७ मा हातिपाईलेको औषधी खुवाउने अभियान सम्पन्न भइसकेको र पछिल्लो पुस्ताका बालबालिकाहरुमा हातिपाईलेको संक्रमण छकी छैन भनेर सर्भे गरिने आयोजकले जनाएको छ ।
बाजुरा जिल्लाका ९ ओटा स्थानीय तह मध्य आठ ओटा स्थानीय तहका एक एक ओटा आधारभुत तहका कक्षक १ र २ मा अध्यान गर्ने बिध्यार्थीहरुमा सो रोगको परिक्षण तथा सर्भे गरीने कोटजन्य रोग तथा अनुसन्धन तालिम केन्द्र हेटौडाले जनाएको छ । सो रोगको सर्भे बाजुरा अछाम र सुर्खेत गरी १ हजार २ सय भन्दा बढि बिद्यालयहरु छनौट गरीएको र मसिंर पहिलो हप्ताबाट सर्भेको काम अगाडी बढाउने कोटजन्य रोग तथा अनुसन्धन तालिम केन्द्र हेटौडाले जनाएको छ ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले गरेका थिए कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक अतिथि रहेका थिए । सो कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी र जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार