शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ

न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ

‘फैसला विवादित भएकाले राजीनामा दिनु पर्ने भए सबैले सामूहिक राजीनामा गरौं’

  • मङ्लबार, कार्तिक ९, २०७८
न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूले पदबाट राजीनामा नदिने बताएका छन्।

मंगलबार बिहान सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताएका हुन्।

राणाले मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनले राजीनामा दिएर निकास दिनुपर्ने, नभए संसदले महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले आफूले राजीनामा नदिने बताएका हुन्। ‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’ प्रधानन्यायाधीश राणाले छलफलमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

राणाले फैसला विवादित भएका कारण आफूले राजीनामा दिनुपर्ने भए अरू न्यायाधीशका लागि पनि त्यही कुरा लागू हुने बताए। ‘फैसला विवादित भएकाले राजीनामा दिनु पर्ने हो भने अरू न्यायाधीशले गरेका फैसला पनि विवादित भएका छन्। सबैले सामूहिक राजीनामा दिऔं,’ राणाले भने।

संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएकाले उनले निकास दिनु पर्ने न्यायाधीशहरूको धारणा थियो।

चर्चामा

सम्बन्धित समाचार