मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कार्तिक ११ गते देखी कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईदै

बाजुरामा कार्तिक ११ गते देखी कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईदै

  • सोमवार, कार्तिक ८, २०७८
बाजुरामा कार्तिक ११ गते देखी कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईदै

बाजुरा — बाजुरा जिल्लामा यहि कार्तिक ११ गतेदखी कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाउने अभियान सुरु हुने भएको छ । असोजको ११ गते देखी १४ गते सम्मको अभियानमा पहिलो मात्रा लगाएकाहरुका लागि दोस्रो मात्रा लगाउने अभियान रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । दोस्रो मात्रा लगाउनेमा करिव २३ हजार रहेकोले यो समयमा नयाँका लागि भने सम्भव नभएको कार्यालय प्रमुख पन्तले जानकारी दिएका छन ।
कार्तिक ११ गते देखि कोरोना विरुद्धको दोस्रो मात्रा खोप बाजुरा जिल्लाका सबै वडा हरुमा तोकिएको खोप केन्द्रबाटै लगाईने भएकोले यस अघि पहिलो मात्रा लगाएका सबैले पाएक पर्ने ठाउँमा खोप लगाउन स्वास्थ्य कार्यालय बाजुराले अनुरोध गरेको छ ।
पहिलो खोप लगाउन छुटेकाहरुलाई अहिले खोप लगाउन सकिने अवस्था नभएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । सडक तहस नहस र यातायातका साधानहरु नचलेका कारण धनगढी बाट थप खोप ल्यान समस्या भएकोले पहिलो मात्राको खोप भने संचालन नहुने बताएका छन । दसैको लागि भारत बाट समेत मानिसहरु घर आएका भए पनि अहिले पहिलो मात्राको खोप लगाउन यातायातको अबस्थाका कारण सम्भव नभएको उनले बताए ।
सडक संचालन आउने बित्तिकै तिहार पछि भने पहिलो खोप लगाउनेहरुका लागि पनि सहज रुपमा उपलब्ध गराउने पन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार